बाढी प्रभावितलाई गण्डकी सरकारले ४ करोड सहयोग गर्ने
काठमाण्डु– गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ४ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अपिल जारी गर्दै प्रदेश सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ४ करोड रुपैयाँ प्रदान गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।
