फेरि बाढी आउन सक्ने सूचनापछि धादिङमा उच्च सतर्कता
काठमाण्डु – त्रिशूली नदीमा पुनः बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएपछि धादिङमा उच्च सतर्कता अपनाइएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमको अध्यक्षतामा बिहीबार राति आपत्कालीन सुरक्षा बैठक बसेर बाढीको जोखिम र सम्भावित क्षतिबारे छलफल गरिएको छ ।
