विश्वविद्यालयले भदौ १३ गतेदेखि सञ्चालन गर्ने सबै परीक्षा स्थगित
काठमाण्डु – विभिन्न विश्वविद्यालयले भदौ १३ गतेदेखि सञ्चालन गर्न लागेका सबै परीक्षा सरकारले स्थगित गरेको छ। प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै शिक्षा मन्त्रालयले परीक्षा स्थगित गर्न विश्वविद्यालयहरूलाई निर्देशन दिएको हो।
