रसुवाको बाढीपछि उदयपुरका ११ जना सम्पर्कविहीन, कुशल कार्की परिवारको सम्पर्कमा
उदयपुर : रसुवामा आएको भीषण बाढीपछि उदयपुर घर भएका ११ जना सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ। यसअघि सम्पर्कविहीन भनिएका त्रियुगा नगरपालिका–९ का कुशल कार्की भने परिवारको सम्पर्कमा आएका छन्।
