सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर
काठमाडौं : सिभिल सहकारी ठगी मुद्दामा पूर्वसञ्चालक इच्छाराज तामाङसहित १७ जना दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित १७ जनालाई सहकारी ठगी मुद्दामा दोषी ठहर गरेको हो ।
