SHARE
कालिका खबर · बिहीबार ११ भौ २०८३ ११:१२ AM · 1 मिनेट पढाइ

पत्रकार टेकराज थामी केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन

काठमाडौं । नयाँ पत्रिकामा कार्यरत पत्रकार टेकराज थामी केरुङबाट ‘सम्पर्कविहीन’ भएका छन् । उनी हिजो बिहानबाट सम्पर्कमा नरहेको परिवारलाई उदृत गर्दै नेपाल पत्रकार महासंघले जनाएको छ । महासंघका पूर्वकेन्द्रीय सदस्य समेत रहेका थामी गत सोमबार अफिसबाट चार दिनका लागि बिदा लिएर केरुङ हुँदै तिब्बततर्फ गएका थिए । हिजो केरुङबाट फर्किने क्रममा सम्पर्कबिहीन बनेका हुन् । यस्तै रातोपाटीमा कार्यरत् नुवाकोट विदुर-७ बाट पत्रकार निराजन पौडेलका परिवारका ५ जना सदस्य सम्पर्कविहीन भएको महासचिव रामप्रसाद दाहालले विज्ञप्तिमार्फत् जानकारी दिएका छन् । पौडेलका बुबा, आमा, काका, काकी र बहिनी सम्पर्कविहीन भएको पत्रकार पौडेलले जानकारी गराएका हुन् ।