कुमारी बैंकद्वारा बाढी तथा प्राकृतिक प्रकोप प्रभावितका लागि ३ करोड ३९ लाख बराबरको सहयोग
काठमाडौं । कुमारी बैंक लिमिटेडले देशका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यका लागि रु. ३ करोड ३९ लाख बराबरको सहयोग उपलब्ध गराएको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रु. ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। त्यस्तै, विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार तथा अनुगमन कार्यलाई थप प्रभावकारी बनाउन बैंकले करिब रु. ३९ लाख बराबरका विभिन्न सामग्री नेपाली सेनालाई उपलब्ध गराएको छ।
