बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख सहयोग गर्ने नाडाको निर्णय
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। नाडाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा प्राकृतिक विपद्का कारण ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीमा परी घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
