रसुवा बाढीपहिरो : जाजरकोटका सात जना सम्पर्कविहीन
जाजरकोट । रसुवामा गएको बाढीपहिरोपछि जाजरकोटका सात जना परिवार तथा आफन्तको सम्पर्कमा आउन सकेका छैनन् । सम्पर्कविहीन हुनेमा शिवालय गाउँपालिका–२ का महेन्द्र विक्रम शाही, शिवालय गाउँपालिका–८ का मदन बुढा, प्रकाश बुढा र डिलबहादुर कठायत रहेका छन्।
