रसुवाको बाढीपछि तेह्रथुमका रामभक्त नेवार सम्पर्कविहीन
धनकुटा । रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि तेह्रथुमका एक ट्रक चालक सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा तेह्रथुमको छथर गाउँपालिका–१, आङ्दिम कोराङका करिब ३६ वर्षीय रामभक्त नेवार रहेका छन् ।
