बाढीपीडित बीमितलाई सिद्धार्थ प्रिमियरले भन्यो– क्षतिको विवरणसहित सम्पर्क गर्नुहोस्
काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले दुःख व्यक्त गरेको छ । कम्पनीले बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
