SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०८:४५ AM · 1 मिनेट पढाइ

सन्दीप लामिछानेको एउटै खेलमा तीन उपलब्धि, ३०० विकेट पूरा गर्ने पहिलो बलर

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० विकेट पूरा गर्ने पहिलो नेपाली बलरको कीर्तिमान बनाएका छन् । एसिसी प्रिमियर कपअन्तर्गत शनिबार युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्धको फाइनलमा एक विकेट लिएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् । सन्दीपले हालसम्म एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५८ र टी–२० अन्तर्राष्ट्रियमा १४२ विकेट लिएका छन् ।