SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०८:०१ AM · 1 मिनेट पढाइ

बाढीको जोखिम न्यूनीकरण गर्न काठमाडौं महानगरले ‘रिचार्ज काठमाडौं’ अभियान चलाउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहरी क्षेत्रमा बढ्दै गएको बाढीको जोखिम न्यूनीकरण गर्न ‘रिचार्ज काठमाडौं’ अभियान सञ्चालन गर्ने भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वर्षाको पानी सङ्कलन गरी जमिनमा पुनर्भरण गर्ने उद्देश्यले अभियान अघि बढाउन लागिएको जानकारी दिइन् ।