एआई–सक्षम सीसीटीभीमार्फत ट्राफिक व्यवस्थापन गर्न प्रहरी महानिरीक्षक कार्कीको जोड
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन एआई–सक्षम सीसीटीभीलगायतका प्रविधिको प्रयोग बढाउनुपर्ने बताएका छन् । आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै कार्कीले ट्राफिक प्रहरीलाई सडकको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै सवारी व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।
