SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : १ हजार ३८६ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार बिहान ८ बजेसम्म १ हजार ३८६ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये रसुवामा १८५, नुवाकोटमा १९९, धादिङमा ७१, चितवनमा ३६४, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २३० र नवलपरासी पश्चिममा २२२ जना रहेका छन् ।