अस्कर अवार्डका लागि ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ सिफारिस
काठमाडौं । आगामी ९९औँ अस्कर अवार्डका लागि नेपालबाट चलचित्र ‘तिनीहरू – एलिफेन्ट्स इन द फग’ सिफारिस भएको छ । अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समिति (नेपाल) ले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सन् २०२७ मा हुने अस्कर अवार्डको ‘बेस्ट इन्टरनेसनल फिचर फिल्म’ विधाका लागि उक्त चलचित्र छनोट भएको जनाएको हो ।
