SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै : पदाधिकारी, सदस्य र प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन सर्कुलर

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा पार्टीको १५औँ महाधिवेशनका बारेमा छलफल हुने पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ ।