SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०४:३६ AM · 1 मिनेट पढाइ

जेनजी आन्दोलनपछि बागमतीका सबै सरकारी भवनको बीमा गरिने

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालयका भवनको बीमा गर्ने तयारी थालेको छ । गत वर्षको जेनजी आन्दोलनका क्रममा सरकारी संरचनामा ठूलो क्षति पुगेपछि भविष्यमा हुने आर्थिक भार कम गर्न सरकारले भवनको बीमा गर्ने योजना अघि बढाएको हो । यसका लागि चालु आर्थिक वर्षको बजेटमा रकम विनियोजन गरिएको छ ।