SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ०१:२६ AM · 1 मिनेट पढाइ

रसुवा बाढीको साइड इफेक्ट : मुस्ताङ भन्सारबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारीमा राजस्व संकलन

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व संकलन भएको छ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण (रसुवागढी–केरुङ)नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी ह्वात्तै बढेको छ ।