जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने तयारीमा सरकार
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउन सरकारले तयारी गरिरहेको बताएका छन् । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद्को जोखिम कम गर्न अति उच्च जोखिममा रहेका हिमतालको पानी घटाउने गृहकार्य भइरहेको जानकारी दिए ।
