भोलि पशुपतिका चारवटै ढोका बिहान ३ बजेबाटै खुल्ने
काठमाडौं । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खुल्ने भएका छन् । यस वर्ष भदौ २९ गते परेको तीजमा विशेष पूजा तथा दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
