SHARE
लोक पथ · आइबार​ २८ भौ २०८३ ११:३६ AM · 1 मिनेट पढाइ

कृष्णभीरबाट अघि बढे ग्यास बुलेट, काठमाडौंमा आपूर्ती सहज हुने संकेत

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको हो । सडक खुलाउन ग्रेड मिलाउने तथा सम्याउने कामपछि ट्रायलका रूपमा सवारीसाधन सञ्चालन गरिएको हो । सडकको अवस्था हेरेर यातायातलाई थप सहज बनाइने जनाइएको छ ।