SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०१:१४ PM · 1 मिनेट पढाइ

बाढी असर : तत्काल उद्धार र राहतका लागि के गर्ने ?

काठमाडौं । सरकारले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि अनलाइनबाट विवरण दिन सक्ने व्यवस्था गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धार, राहत एवं अन्य सहयोगमा पहुँच पुर्‍याउने तयारी थालेको हो । प्राधिकरणका अनुसार दिइएको लिंकमा क्लिक गरी आवश्यक विवरण भर्न सकिनेछ ।