गण्डकी प्रदेशका एमालेका चार मन्त्रीद्वारा सामूहिक राजीनामा
पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का चार मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर चार जना मन्त्रीले राजीनामा पत्र बुझाएको प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री गोविन्दबहादुर नेपालीले जानकारी दिए ।
