भोटेकोशी बाढी प्रभावित क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन
काठमाडौं । सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका क्षेत्रमा थप उद्धार सामग्रीसहित सुरक्षा टोली परिचालन गरेको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई थप प्रभावकारी बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) का टोलीलाई आवश्यक सामग्रीसहित परिचालन गरिएको हो ।
