रसुवा बाढी प्रभावित क्षेत्रमा एनसेलले तीन दिन निःशुल्क भ्वाइस र डेटा दिने
काठमाडौं । एनसेलले रसुवा जिल्लामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा तीन दिनका लागि भ्वाइस तथा डेटा सेवा निःशुल्क उपलब्ध गराउने भएको छ । एनसेलले प्रभावित क्षेत्रका सर्वसाधारणलाई तीन दिनसम्म प्रयोग गर्न मिल्ने १०० वटा एसएमएससमेत निःशुल्क उपलब्ध गराउने जनाएको छ ।
