बाढीले रसुवा र नुवाकोटका १५ जलविद्युत् आयोजनामा क्षति
काठमाण्डु – भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका प्रमुख जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। प्रारम्भिक विवरण अनुसार बाढीका कारण सञ्चालनमा रहेका १० वटा र निर्माणाधीन ५ वटा गरी कुल १५ वटा जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाहरू प्रभावित भएका छन्।
