एनपीएलमा आज दुई खेल हुँदै, वर्षा वाधक बन्न सक्ने
काठमाण्डु- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । यो खेल दिउँसो साढे १२ बजे सुरु हुने तालिका छ । यस्तै, विराटनगर र सुदूरपश्चिमबीचको खेल अपराह्न साढे ४ बजे हुनेछ ।
