मनाङमा सबैभन्दा बढी वर्षा, अपराह्नदेखि मौसममा क्रमिक सुधार हुने
काठमाण्डु – पछिल्लो २४ घण्टामा मनाङमा धेरै वर्षा भएको जनाएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावका कारण यो अवधिमा मनाङको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको जनाएको छ ।
