सशस्त्र प्रहरीले कसरी गरिरहेकाे छ बाढी प्रभावितकाे उद्धार ?
काठमाण्डु– रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सशस्त्र प्रहरी बल नेपालले विभिन्न जिल्लाबाट जनशक्ति र उद्धार सामग्री परिचालन गरेको छ। रसुवा, नुवाकोट, धादिङ र चितवनस्थित सशस्त्र प्रहरीका युनिटबाट उद्धार सामग्रीसहितका प्रहरी कर्मचारीलाई प्रभावित क्षेत्रमा खटाइएको हो।
