रसुवागढी भन्सारका स्थायी ११ सहित १४ कर्मचारी सम्पर्कविहीन
काठमाडौं । भोटेकोशीमा आज बिहान आएको भीषण बाढीका कारण रसुवागढी भन्सार कार्यालयका १४ जना कर्मचारी सम्पर्कविहीन अवस्थामा रहेको अर्थ मन्त्रालयले जनाएको छ । रसुवा भन्सारमा ३६ स्थायी दरबन्दी रहेकोमा प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगानासहित २५ जना सम्पर्कमा रहेका छन् । ११ जना सम्पर्कविहीन छन् ।
