पिकलबल विश्वकपका लागि नेपाली टोली घोषणा
काठमाडौं । भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेर समूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ ।
