SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०९:२१ AM · 1 मिनेट पढाइ

वीरगञ्जस्थित चिनी मिलको स्थलगत अध्ययन

काठमाडौं । सरकारले गठन गरेको वीरगञ्जस्थित चिनी मिल कारखाना अध्ययन कार्यदलले चिनी मिल क्षेत्रको स्थलगत अध्ययन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सिनियर डिभिजन इञ्जिनियर (सिडिई) श्रीकान्त यादवको संयोजकत्वको कार्यदलले पिपरास्थित मिलको स्थलगत अनुगमन गरेको थियो ।