SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०६:१६ AM · 1 मिनेट पढाइ

मुक्तिनाथ विकास बैंक र सिप्रदी ट्रेडिङबीच व्यवसायिक सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि. बीच टाटाको पिकअप तथा साना व्यवसायिक सवारी साधन खरिद गर्नका लागि कर्जा लगानी गर्ने समझदारीपत्र (MOU)मा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र सिप्रदीको तर्फबाट भाइस प्रेसिडेन्ट सौरभ राज थपलियाले हस्ताक्षर गरेका छन् ।