SHARE
मकालु खबर · मङगलबार ९ भौ २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि बुधबार १ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले आज जारी गरेको सूचनामा प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ३ बमोजिम बुधबार १ः०० बजे बैठक बस्ने तय भएको उल्लेख छ ।