SHARE
काठमाण्डुपाटी · बिहीबार ४ भौ २०८३ ०२:३२ AM · 1 मिनेट पढाइ

भदौ ३१ देखि नेपालगञ्ज-पोखरा उडान पुनः सुरु हुँदै

काठमाण्डु – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले भदौ ३१ गतेदेखि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी