SHARE
काठमाण्डुपाटी · बुधबार ३ भौ २०८३ ०३:४३ PM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको महासभामा जाने

काठमाण्डु – अमेरिकाको न्युयोर्कमा आयोजना हुने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने निर्णय भएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले महासभामा नेपालको सहभागिताका लागि परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल पठाउने प्रस्तावलाई स्वीकृति प्रदान गरेको हो । नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी