टर्कीको सिभास प्रान्तमा मिनीबस दुर्घटनाः चार जनाको मृत्यु, १० घाइते
एजेन्सी । टर्कीको मध्य भागमा पर्ने सिभास प्रान्तमा मंगलवार एउटा यात्रुवाहक मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् । सिभास प्रान्तको सुसेहरी जिल्लास्थित डी–८६५ राजमार्गमा उक्त दुर्घटना भएको हो ।
