SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०२:२६ AM · 1 मिनेट पढाइ

परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गरेका छन् । संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उनीहरुबीच नेपाल र भुटानबीचको सुमधुर द्विपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ । भेटमा दुवै नेताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गरेका थिए ।