SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०१:५० AM · 1 मिनेट पढाइ

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके । नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी अहिले नेपालकै पहाडी जिल्लाबाट आयात हुने गरेको छ । भन्सारमा कडाइ भएपछि अहिले नेपालगन्जमा पहाडी जिल्लामा उत्पादन भएको तरकारीले बजार पाएको नेपालगन्जस्थित रानी तलाउ कृषिउपज बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए ।