SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०२:४२ AM · 1 मिनेट पढाइ

फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट

गण्डकी । आगामी बुधबारदेखि फ्लाई दुबईले सुरु गर्ने दुबई–पोखरा–दुबई सीधा हवाई उडानलाई लक्ष्य गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुन लागेको अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल/रेष्टुराँमा छुट सुविधा दिइएको हो ।