SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०५:०८ AM · 1 मिनेट पढाइ

दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा

एजेन्सी । दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुख काङ हुन–सिकले आफ्नो पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद्का लागि प्रस्तावित उम्मेदवारहरूको पृष्ठभूमि जाँचमा गम्भीर त्रुटि देखिएपछि र सो विषयमा चर्को आलोचना भइरहेका बेला उनले सोमबार बिहान राष्ट्रपति ली जे–म्युङसमक्ष राजीनामा पेस गरेका हुन् ।