पाकिस्तानको हवाई कारबाहीः अफगान सीमा क्षेत्रमा २८ लडाकु मारिए
एजेन्सी । पाकिस्तानले अफगानिस्तानसँगको सीमा क्षेत्रमा रहेको लडाकुहरूको अखडालाई लक्षित गरी गरेको हवाई आक्रमणमा २८ जना लडाकुको मृत्यु भएको छ । पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयकाअनुसार सोमवार गरिएको यस कारबाहीमा एक आत्मघाती बमवर्षक तालिम केन्द्रसहित तीनवटा महत्वपूर्ण अखडा ध्वस्त भएका छन् ।
