SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

इजरायलमा ‘योम किपुर’ को रौनकः सार्वजनिक सेवा बन्द, आत्मशुद्धिको पर्वमा देश ठप्प

एजेन्सी । हिब्रु पात्रोअनुसार वर्षकै सबैभन्दा पवित्र र महत्त्वपूर्ण दिन मानिने ‘योम किपुर’ (प्रायश्चितको दिन) को अवसरमा इजरायलमा जनजीवन पूर्णतः ठप्प भएको छ । आइतबार साँझदेखि नै मुलुकभरका सार्वजनिक यातायात, हवाई उडान र व्यावसायिक गतिविधिहरू रोकिएका छन्।