SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०२:२७ PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको ४ दिने कार्यतालिका

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको विमानमार्फत दोहा हुँदै न्युयोर्क प्रस्थान गरेका हुन्। दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत कुमार राईसहित दूतावासका अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।