SHARE
मकालु खबर · मङगलबार ६ असो २०८३ ०१:०५ PM · 1 मिनेट पढाइ

नेकपाले असोज १५ देखि दुई महिने राष्ट्रिय अभियान चलाउने, वाम एकताका लागि समिति गठन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले संगठन सुदृढीकरण तथा जनसरोकारका मुद्दा उठाउन आगामी असोज १५ गतेदेखि दुई महिने देशव्यापी राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार सम्पन्न केन्द्रीय कार्य संयोजन समितिको पाँचौँ बैठकले संगठन विस्तार, वाम एकता र विपद् राहतलगायत विषयमा महत्वपूर्ण निर्णय गरेको हो ।