बाढीमा बेपत्ता सिपाही कृतिको २७ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि
दमौली । रसुवाको भोटेकोशीमा गएको बाढीमा परी २७ दिनदेखि बेपत्ता नेपाली सेनामा कार्यरत तनहुँकी कृति कुमालको परिवारले अन्ततः उनको कुशको शव बनाएर अन्त्येष्टि गरेको छ । व्यास नगरपालिका–५ की कुमाल रसुवाको टिमुरेस्थित श्रीनाथ गणमा सिपाही पदमा कार्यरत थिइन् ।
