SHARE
मकालु खबर · सोमबार १ भौ २०८३ ०९:४१ AM · 1 मिनेट पढाइ

बागमती प्रदेशका मुख्यमन्त्री बानियाँले दिए राजीनामा

काठमाडौं । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो पदबाट राजीनामा दिएका छन् । बागमती प्रदेशसभाको आजको बैठकको सुरुमै उनले विकसित पछिल्लो राजनीतिक समीकरणअनुसार नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गर्न राजीनामा दिएको जानकारी दिए । मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुखसमक्ष राजीनामाको पत्र बुझाउनेसमेत जानकारी दिए ।