SHARE
मकालु खबर · शुक्रबार​ २९ साउन २०८३ ०१:५८ PM · 1 मिनेट पढाइ

१५औँ महाधिवेशन गर्ने वैधानिक अधिकार १४ औँ कार्यसमितिलाई मात्र छः विमलेन्द्र निधी

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले पार्टीको १५ औँ महाधिवेशन सम्पन्न गर्ने वैधानिक अधिकार १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मात्र भएको स्पष्ट पारेका छन् । संस्थापन इतर पक्षबाट डा. शशांक कोइरालाको संयोजकत्वमा गठित मूल आयोजक कमिटीद्वारा आयोजित राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।