संविधानका आधारभुत संरचनाहरूमाथि नै प्रहार भइरहेको छः वरिष्ठ अधिवक्ता भट्टराई
काठमाडौं । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले संविधानका आधारभूत संरचनाहरूमाथि नै सरकारबाट प्रहार भइरहेको आरोप लगाएका छन् । संविधान दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकारले संविधानलाई आफू अनुकुल चलाउने नभई सरकार संविधान अनुकुल चल्नुपर्ने बताए ।
